२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा कम्प्युटर शिक्षक पक्राउ

२२ फागुन , काठमाडौँ । विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेका छन् ।

सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उनलाई दुई दिनअघि सप्तकोशी नगरपालिका-२ स्थित गौवर्द्धन बैरागी जनता माविबाट पक्राउ गरिएको हो । उनले सोही दिन बिहान ८ बजे १६ वर्षीया नाबालिका ‘कञ्चनपुर २०८१र८२’लाई बाल यौन दुरुपयोग गरेको उजुरी परेको थियो ।

राउत सो विद्यालयमा कम्युटर शिक्षक हुन् । उनले बालिकामाथि यौन दुरुपयोग गरेको जानकारी पाएपछि पक्राउ गर्न इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली विद्यालयमा पुगेको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस