काठमाडौंको कुलेश्वरमा राइस कुकर बनाउने बहानामा एक व्यक्तिलाई हनी ट्र्यापमा फसाउन खोजेको आरोपमा पक्राउ परेकी २८ वर्षीया अस्मिता आचार्य धरौटीमा रिहा भएकी छन्। चितवनको रत्ननगर नगरपालिका-८ की आचार्यलाई काठमाडौं जिल्ला अदालतले ४५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
आचार्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २४ माघमा पक्राउ गरेको थियो। उनलाई बादमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो। अदालतको आदेशपछि आचार्यलाई धरौटीमा रिहा गरिएको हो।
आचार्यले इलेक्ट्रिक सामान मर्मत गर्ने आलम थरका एक व्यक्तिलाई राइस कुकर बनाउने बहानामा आफ्नै कोठामा बोलाएर रकमको माग गरेको आरोप छ। उनले उक्त व्यक्तिलाई १० लाख रुपैयाँ दिने धम्की दिँदै, रकम नदिएजति प्रहरीले थाहा हुने भन्दै धम्क्याएको प्रहरीले जानकारी दिएको छ। ३ लाखको चेक दिएका कारण यो मुद्दा अदालतमा पुगेको हो।

