२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

छोराको हत्या अभियोगमा आमाबाबु पक्राउ, कसरी भयो अप्रिय घटना?

6 people including inspector arrested from examination center in Rautahat

काठमाडौं। मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-३ अदुवाबारीका मिनबहादुर र देवीमाया भ्लोनलाई आफ्नै जेठा छोरा ३९ वर्षीय भरथकुमार भ्लोनको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

गत बिहीबार राति परिवारका सदस्यहरूबीच भएको कुटपिटमा भरथकुमारको शरीरमा गहिरो चोट लागेर उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो।

प्रहरीका अनुसार, मिनबहादुर र देवीमायाले आफ्नो छोरा भरथकुमारसँग खुर्सानीको धुलो छर्ने विषयमा विवाद हुँदा घरेलु भान्साको सामानले प्रतिकार गरेका थिए, जसका कारण कुटपिट भएको थियो।

मकवानपुर जिल्ला अदालतले ज्यानसम्बन्धी कसुरको मुद्दामा अनुसन्धानका लागि ५ दिनको म्याद अनुमति दिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस