२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

चर्चित वक्ता काठमाडौं स्कुल अफ लका सञ्चालक संग्रौलामाथि दुर्व्यवहारको आरोप

काठमाडौं । चर्चित वक्ता ‘काठमाडौं स्कुल अफ ल’ (केएसएल) का संस्थापक युवराज संग्रौलामाथि विद्यार्थीलाई दुर्व्यवहार गरेको गम्भीर आरोप लागेको छ।

एक विद्यार्थीले इन्स्टाग्राममा संग्रौलाले छात्राहरूसँग आपत्तिजनक टिप्पणी गर्ने, ब्याक मसाज गर्न बाध्य पार्ने र महिलाबारे अवमानजनक शब्द प्रयोग गर्ने गरेको आरोप लगाएकी छन्। उनले संग्रौलाले यौनिक तथा अल्पसंख्यक समुदायको समर्थन गर्ने विद्यार्थीलाई निष्काशनको धम्की दिने गरेको समेत दाबी गरेकी छन्।

छ वर्षअघि पनि संग्रौलाविरुद्ध यस्तै आरोप लागेको थियो । विद्यार्थीहरूले कलेज प्रशासनलाई उजुरी दिए पनि सुनुवाइ नभएपछि सामाजिक सञ्जालमार्फत कुरा बाहिर ल्याएको बताएका छन्। यो प्रकरण सार्वजनिक भएपछि केएसएलले विज्ञप्ति जारी गर्दै छानबिन अघि बढाउने बताएको छ। कलेजले वार्षिक परीक्षापछि छानबिन प्रक्रिया तीव्र बनाइने जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस