२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

बलात्कारको आरोपमा हेटौंडाबाट सातजना किशोर पक्राउ

२४ फागुन, हेटौंडा । मकवानपुरको हेटौंडाबाट जबरजस्ती करणी (बलात्कार)को आरोपमा सातजना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

गत माघ ६ गते बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बनस्खण्डी मन्दिर परिसरमा रहेको जंगलमा लगेर जबरजस्ती करणी गरेको युवतीले उजुरी दिएपछि प्रहरीले घटनामा संलग्न रहेका सात जना किशोरलाई नियन्त्रणमा लिएको हो ।

पीडित युवतीले घटनाबारे फागुन २१ गते जाहेरी दिएकोमा फागुन २२ गते पाँच जना र २३ गते दुई जना गरि सात जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरु सबै १८ वर्ष मुनिका रहेको कारण उनिहरुको पहिचान भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस