काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको गाडी कोटेश्वरस्थित मापसे चेकप्वाइन्ट छलेर भागेपछि दुर्घटना भएको छ। बा।२ झ २३७८ नम्बरको गाडीको ठक्करले कोटेश्वर चोकमा एक मोटरसाइकलमा क्षति पुगेको छ।
बिहीबार राति चेकप्वाइन्टबाट भागेका चालकलाई प्रहरीले पछ्याएर पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार, गाडी चालक सुवास थापालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको मोटरसाइकलमा पनि क्षति पुगेको छ।
गाडी वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका उपनिर्देशक रणबहादुर थापा चढ्ने गरेको भए पनि घटनाका बेला उनी सवार थिएनन्। चालकलाई नरेफाँटस्थित मनोहरा खोला पुल नजिकैबाट पक्राउ गरी स्वास्थ्य परीक्षण गर्दा उनले अत्यधिक मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार

