१९ फागुन, सिन्धुली । सिन्धुलीको दुघौली नगरपालिका ८ कछुवाखाडीमा श्रीमान्ले श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन् । घरको भान्सा कोठामा झगडा हुँदा २२ वर्षीय दिनेश सदाले १७ वर्षीया श्रीमती अनिशा सदाको हत्या गरेको प्रहरीले जनाएको छ ।
गएराति हत्या भएको र स्थानीयले सोमबार प्रहरीलाई खबर गरेपछि श्रीमान् दिनेश पक्राउ परेका छन् । झगडा हुँदा आवेशमा आएर घाँटी थिचेर हत्या गरेको स्थानीयलाई दिनेशले बताएका थिए ।
श्रीमान् सदालाई इलाका प्रहरी कार्यालय डकाहाको टोलीले पक्राउ गरी थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । उनीहरूको एक वर्षअघि विवाह भएको थियो । कानुनअनुसार विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार

