२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

हिंसा भड्काउनेलाई कडा कारबाही माग गर्दै पश्चगमनविरुद्ध गोलबन्द हुन एमालेको आह्वान

काठमाडौं । नेकपा एमालेले लोकतन्त्रका पक्षमा तथा पश्चगमनका विरुद्ध गोलबन्द हुन आम नागरिक तथा राजनीतिक दलहरूलाई आह्वान गरेको छ । साथै हिंसा भड्काउनेलाई कडा कारबाहीको माग गरेको छ ।

महासचिव शंकर पोखरेलले विज्ञप्ति निकालेर लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि एमाले दृढतापूर्वक उभिने उल्लेख गरेका छन् । राजावादी प्रदर्शनका क्रममा काठमाौंको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा भएको अराजक क्रियाकलापको एमालेले निन्दा गरेको गरेको छ ।

आपराधिक क्रियाकलापमा सङ्लग्नहरुलाई तत्काल कानूनी दायरामा ल्याउन र शान्तिसुरक्षाको प्रभावकारी प्रबन्ध गर्न पनि एमालेले सरकारसँग माग पनि गरेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस