काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिकाको एक विद्यालयमा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ३३ वर्षीय शिक्षक पक्राउ परेका छन्। मङ्गलबार करार सेवामा कार्यरत ती शिक्षकले विद्यालयको कक्षाकोठामा एक छात्रामाथि दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ।
पीडित छात्राले प्रहरीलाई दिएको बयानअनुसार, शिक्षकले प्राक्टिकल विषयमा राम्रो अङ्क दिने बहानामा उनलाई कोठामा लगे। त्यहाँ उनले जिउ सुम्सुम्याउने, अङ्गालो हाल्ने र कपाल तान्ने प्रयास गरेपछि छात्राले चिच्याएकी थिइन्। उनको हल्ला सुनेर आएका विद्यार्थी र अभिभावकले शिक्षकलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।
बुधबार इलाका प्रहरी कार्यालय कञ्चनपुरमा पीडितका आफन्तले उजुरी दिएका छन्। प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालका अनुसार पक्राउ परेका शिक्षकलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी यौन दुर्व्यवहार कसुरमा अनुसन्धान थालिएको छ।

