२०८३ बैशाख ३१ गते बिहिवार | 2026 May 14th Thursday

काठमाडौं बौद्धबाट समातिएका दिनेश गौतम को हुन्?

www.janaboli.com;

काठमाडौं । ठगी मुद्दामा फरार रहेका ४१ वर्षीय दिनेश गौतमलाई आइतबार बिहान काठमाडौं महानगरपालिका-६ बौद्धबाट प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत काठमाडौंबाट २०८१ फागुन १ गते ठगी मुद्दामा पक्राउ अनुमति जारी भइ फरार रहेका गौतमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

गौतमलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस