२८ बैशाख , काठमाण्डौँ । पुर्व राजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा नजरबन्द गरिएको खुलासा भएको छ । राजावादी आन्दोलनको तयारी भैरहेका बेला ज्ञानेन्द्र शाहलाई सरकारले बिना घोषणा निर्मल निवासमा नजरबन्दमा राखीएको भनेर सामाजिक सञ्जाल तथा राजा समर्थकहरुले बताईरहेका छन् ।
उच्च स्रोतका अनुसार नेपाल प्रहरीका सिभिलका अधिकारी शनिबारदेखि खटाइएको हो । शुक्रबार नगरकोटको १२ दिने बसाईपछी शाह निर्मल निवास फर्केका थिए । यसबीचमा उनले राजावादी सबै पक्षसित भेट गरेका थिए । यसअघि राजावादी आन्दोलनका संयोजक नवराज सुवेदीलाई नजरबन्दमा राखिएको थियो । आइतबार मात्र शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ गरिएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार

