२९ बैशख, काठमाण्डौँ । आज सोमबार देशका पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपात हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाले पनि मौसम बदलीमा बल पुर्याइरहेको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ ।
आज राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक- दुई स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ ।

