२९ बैशाख, काठमाण्डौँ । नेपाली बजारमा सोमबार प्रतितोला सुनको मूल्यमा ३ हजार ७०० रुपैयाँको गिरावट देखिएको छ ।
यस दिन सुन प्रतितोला १ लाख ८६ हजार ८०० रूपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतिोला १ लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भएको थियो .
त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ९६० रूपैयाँका दरले किनबेच भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार

