२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बस र ट्रक ठोक्किँदा छत्तीसगढमा घर फर्कंदै गरेका १३ जनाको मृत्यु

काठमाडौं । भारतको छत्तीसगढ राज्यमा बस र ट्रक एकापसमा ठोक्किँदा नौ महिला, एक शिशुसहित कम्तीमा १३ जनाको मृत्यु भएको छ। घटनामा अन्य १४ जना घाइते भएका छन्।

राजधानी रायपुरनजिक आइतबार राति ११ बजे दुर्घटना भएको हो। आफन्तको घरमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कंदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

राज्यका पूर्व मुख्यमन्त्री भूपेस बघेलले हालैका वर्षहरूमा छत्तीसगढमा सडक दुर्घटनाको सङ्ख्या बढेको बताउँदै राज्य सरकारलाई यस्ता दुर्घटनाहरू रोक्न आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस