२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

ऋण लिनेहरुलाई खुसिको खबर : जेठ र असारमा ब्याजदर नबढ्ने, ऋणको ब्याजदर झन् सस्तिँदै

३० बैशाख, काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको ऋण लगानी नबढ्दा बैंकहरूमा राखिने पैसाको ब्याजदर पनि घट्दै गएको छ । पछिल्लो एक वर्षको तथ्यांक हेर्दा मुद्दती निक्षेपको ब्याजदर लगातार घटिरहेको छ । वैशाखमा वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याज औसत ६ प्रतिशतभन्दा कम छ ।

आगामी दुई महिना जेठ र असारमा पनि बैंकहरूको ब्याजदर नबढ्ने निश्चित जस्तै भएको छ । वैशाखका लागि ब्याजदर बढाएका एक–दुई वाणिज्य बैंकले केही बढाए पनि अरुले कि स्थिर राख्ने वा घटाउने रणनीति बनाएका छन् । बैंकमा निक्षेप बढ्दै गएको छ । कर्जा लगानी बढ्न सकेको छैन । वैशाख २६ गतेसम्म ६१ खर्ब ३३ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन भएको नेपाल बैंकर्स संघले जनाएको छ । सोही अवधिसम्म ऋण लगानी ४९ खर्ब आठ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात ९सीडी रेसियो० ७९.०९ प्रतिशत रहेको संघको तथ्यांक छ । यसको मतलब अझै पनि बैंकहरूसँग प्रशस्त लगानीयोग्य रकम छ ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस