२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौं र धुलिखेलमा घरभित्र छिर्‍यो ट्रक र टिपर [ भिडिओसहित ]

काठमाडौं । काठमाडौं र काभ्रेपलाञ्चोकमा ट्रक र टिपर घरभित्र छिरेका छन् । सोमबार राति काठमाडौंको चन्द्रागिरी नगरपालिका ढुंगेअड्डामा थानकोटबाट कलंकी जाँदै गरेको ना ४ ख १५३६ नम्बरको ट्रक घरभित्र छिरेको थियो । करन थापाको घरमा क्षति गर्यो ।

बिहान धुलिखेल नगरपालिका –५ खड्पुचोकस्थित बनेपा पनौती सडकखण्डमा रहेको प्रदिप श्रेष्ठको घरको सटरमा टिपर छिरेको छ । मंगलबार बिहान ६ बजे बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख २४१७ नम्बरको टिपर घरभित्र छिरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।

दुबै घटनामा मानवीय क्षति भने भएको छैन , टिपर एक्कासि कसरी पस्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। सटरबाट टिपर झिकेर बनाउनका लागि बनेपा पठाइएको उनले बताए।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस