२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

"One killed and 12 injured in a bus accident in Sindhuli."

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ।

सिराहामा ६५ वर्षीय महेन्द्र महरालाई टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ। बाँकेमा ५५ वर्षीया साखरून खाँको गाडीको ठक्करबाट उपचारको क्रममा निधन भएको छ।

कैलालीमा मोटरसाइकललाई हाइसले ठक्कर दिँदा ४५ वर्षीय नर बहादुर कडायतको मृत्यु भएको छ। कपिलवस्तुमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ५० वर्षीय राम प्रसाद खनालको निधन भएको छ।

रुकुम पश्चिममा जिप दुर्घटनामा ५० वर्षीय नर बहादुर वली र ४४ वर्षीया लिला वलीको मृत्यु भएको छ। नर बहादुरको घटनास्थलमै तथा लिलाको उपचारको क्रममा निधन भएको हो।

प्रहरीले फरार चालकहरूको खोजी तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस