२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

विमानस्थलबाट रंगेहात पक्राउ परेका भारतीय को हुन् ?

काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने १० किलो १७० ग्राम पदार्थसहित भारतीय नागरिक २५ वर्षीय अभियुदय पहुने पक्राउ परेका छन्।

थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा सुटकेसबाट उक्त लागूऔषध फेला परेको हो। पक्राउ परेका पहुनेलाई आवश्यक अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस