२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मौसम पूर्वानुमान : देशमा बङ्गालको खाडी र अरब सागरको हावाको प्रभाव, मेघगर्जन चट्याङसहित वर्षा र हिमपातको सम्भावना

१ जेठ , काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि साधारणतया बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बङ्गालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । आज मधेस प्रदेशमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाले पहाडी भेगमा मेघगर्जन र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र अगाडि बढ्न सुझाव दिइएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस