२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि १९ दिन बन्द

२ जेठ, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले काठमाडौं–हेटौंडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आजदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अप््यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताए ।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म १९ दिन सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस