२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

पाकिस्तानी सेनाले थाल्यो भारतमाथी जवाफी आक्रमण, ३ भारतीयको मृत्यु

Pakistan successfully test-fires 'Ababil' long-range kill and incapacitation weapon system

काठमाडौं । पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिंदै कश्मीरमा पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको मृत्यु भएको उल्लेख गरेका छन् ।

त्यस्तै, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतको आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको बताएका छन्। चौधरीका अनुसार आक्रमणमा एक मस्जिदसहित कैयौं स्थानहरूलाई निशाना बनाइएको थियो। भारतले भने अप्रेशन सिन्धुरको नाममा गरिएको हवाई आक्रमणमा एक सय जना मारिएको दाबी गरेको छ ।

यस घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्ने बताएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस