२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

फेरि सुनको मूल्य घट्यो

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १ लाख ९० हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको १ लाख ९१ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस