२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

भोलिको कार्यक्रम सबैको हो, कसैको विरोधमा होइन – एमाले

काठमाडौं । नेकपा एमालेले भोलि (१५ जेठ) मा गर्न लागेको कार्यक्रम कसैको विरोधमा नभइ जनताको उपलब्धीको खुसियाली प्रकट गर्ने समारोह र उत्सव मनाउँने रहेको बताएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । ‘हाम्रो कार्यक्रम कसैको विरोध होइन । जनताको उपलब्धीको खुसीयाली प्रकट गर्ने समारोहको रुपमा त्यो कार्यक्रम आयोजना गर्न खोजेका छौं,’ महासचिव पोखरेलले भने ।

उनले भोलिको कार्यक्रम एमालेको मात्रै नभएको बताउँदै सबै राजनीतिक दल र नेताहरूलाई सहभागी हुन आह्वान पनि गरे । ‘नेकपा एमाले मात्रै नभइ सबै राजनीतिक दलका नेता कार्यकर्ताहरू त्यो दिन समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवको रुपमा अघि बढाउन हातेमालो गर्न आह्वान गर्न चाहन्छु,’ महासचिव पोखरेलले भने ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस