२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

‘विश्वका सबैभन्दा गरिब राष्ट्रपति’ को निधन

३१ बैशाख , काठमाडौँ । ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्व राष्ट्रपति जोस मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ ।
मुजिकालाई ‘पेपे’को नामले पनि चिनिन्छ ।

सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति रहेका पूर्व गुरिल्ला नेता मुजिका आफ्नो साधारण जीवनशैलीका कारण विश्वका ‘सबैभन्दा गरिब राष्ट्रपति’को उपनामले परिचित थिए । उरुग्वेका वर्तमान राष्ट्रपति यामांडू ओरसीले एक्समा जोस मुजिकाको मृत्युको जानकारी दिँदै लेखेका छन्, ‘तपाईंले हामीलाई जे जति दिनुभयो, त्यसका लागि धन्यवाद ।’ पूर्व राष्ट्रपति मुजिकाको मृत्यु कसरी भयो भन्ने कुरा अझै स्पष्ट भएको छैन । यद्यपि, उनी ओसोफेजियल क्यान्सरबाट पीडित थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस