२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

घिउसँग भूलेर पनि कहिल्यै खानु हुँदैन यी ५ चीज

काठमाडौं । पाचन र स्वास्थ्यका लागि लाभदायक घिउ पनि केही खानेकुरासँग सँगै खानु हुँदैन। आयुर्वेद अनुसार घिउ र मह एकैसाथ सेवन गर्दा शरीरमा विषाक्त पदार्थ उत्पन्न भएर पाचन प्रक्रियामा समस्या आउन सक्छ। यसैले दुवैलाई फरक–फरक समयमा खान सल्लाह दिइन्छ।

चिया र कफीमा घिउ मिसाएर पिउँदा पनि एसिडिटी र पेट फुल्ने समस्या हुन सक्छ। त्यसैगरी, घिउ र माछा सँगै खानु पनि गलत मानिन्छ, किनभने घिउलाई तातो र माछालाई चिसो गुण भएकाले पाचन र छालाको समस्या निम्त्याउन सक्छ।

दही र घिउ दुवै दूधबाट बनेका भए पनि दुवै एकसाथ खानु स्वास्थ्यका लागि हानिकारक छ। घिउ तातो र तेलयुक्त हुन्छ भने दही चिसो र भारी भएकाले सँगै सेवन गर्दा पाचनमा असर पुग्छ र मेटाबोलिज्म सुस्त हुन सक्छ।

साथै, मसालेदार र तातो हुने मुलालाई पनि घिउसँग सँगै खानु पेटमा ग्यास र फुल्ने समस्या निम्त्याउन सक्छ। यसकारण यी खानेकुराहरूलाई घिउसँग सँगै नखाई फरक समयमा सेवन गर्ने सुझाव दिइन्छ।

प्रकाशित मिति : २०८२ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस