२०८३ असोज १९ गते सोमवार | 2026 October 5th Monday

महिनावारीको बेला यौ-न सम्पर्क गर्न मिल्छ कि मिल्दैन ? डा. गरिमा श्रेष्ठको स्पष्ट जवाफ

काठमाडौं । महिनावारीको समयमा यौन सम्पर्क राख्न नहुने भन्ने धारणा सामान्य रूपमा समाजमा प्रचलित छ। तर महिला स्वास्थ्य विशेषज्ञ डा. गरिमा श्रेष्ठको भनाइमा महिनावारीको बेला पनि यौन सम्पर्क राख्न मिल्छ, यद्यपि केही सावधानी अपनाउन जरुरी हुन्छ।

डा. श्रेष्ठका अनुसार, “महिनावारीको समयमा यौन सम्पर्क राख्दा महिलाले आफ्नो स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्छ। यस अवधिमा रक्तस्राव बढ्न सक्छ र दुखाइ पनि बढ्ने सम्भावना हुन्छ।”

उनले थपिन्, महिनावारीलाई ‘सुरक्षित अवधि’ (safe period) मान्न मिल्दैन, किनभने अण्डोत्सर्ग (ovulation) कहिले हुन्छ भन्ने निश्चित हुँदैन। त्यसैले गर्भ रहन नदिन कन्डम वा अन्य गर्भनिरोधक उपाय प्रयोग गर्न सुझाव दिएकी छन्।

डा. श्रेष्ठले समाजमा फैलिएको भ्रमबारे स्पष्ट पार्दै भनिन्, “ओभ्युलेसनको समय अनुमान गर्न गाह्रो हुने भएकाले कुनै पनि समयलाई पूर्ण रूपमा सुरक्षित भन्न सकिँदैन।”

उनीका अनुसार, महिलाहरूले स्वास्थ्य सचेतता बढाउन, र यौन तथा प्रजनन स्वास्थ्यबारे खुला र शिक्षित छलफल गर्ने वातावरण बनाउन आवश्यक छ। उनको भनाइपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस