२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

काठमाडौंमा पुलमुनि शव भेटियो, के भन्छ प्रहरी ?

www.janaboli.com;

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ भीमसेनगोलास्थित भत्केको पुलमुनि अन्दाजी ४९ वर्षीय एक पुरुषको शव फेला परेको छ। प्रहरीले केन्द्रीय समाचार कक्षले दिएको जानकारीअनुसार मृतक पुरुषको परिचय अहिलेसम्म खुलेको छैन।

पहिचान नहुँदा अनुसन्धानमा समस्या आइरहेकाले प्रहरीले घटनाको विस्तृत छानबिन अगाडि बढाएको छ। मृत्युको कारण पनि अहिलेसम्म स्पष्ट हुन सकेको छैन। घटनाबारे थप जानकारी पत्ता लगाउन प्रहरीले काम गरिरहेको बताइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस