काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार केहीबेरमा सार्वजनिक गर्ने भएको छ। नतिजा सार्वजनिक गर्न बोर्डको बैठक बसिरहेको छ। परीक्षा नियन्त्रक गणेश भट्टराईले साँझ ६ बजेपछि नतिजा सार्वजनिक हुने जानकारी दिएका छन्।
नतिजा सार्वजनिक भएपछि अपलोड हुन भने केहीबेर लाग्ने पनि बोर्डले जनाएको छ। गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।
प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार

