२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

द ब्रिटीस कलेजले दिने डिग्रीको सर्टिफिकेट अवैधको शंका, तथ्य बाहिर ल्याए मार्ने धम्की

The British College Kathmandu

काठमाडौं । नेपालकै चर्को शुल्क लिने काठमाडौंको थापाथलीस्थित द ब्रिटीस कलेज गम्भीर विवादमा फसकेको छ । त्यहाँ अध्ययनरत विद्यार्थीहरुले गोप्य तथ्यहरु सार्वजनिक गर्न थालेपछि उल्टै ज्यान नै मार्ने धम्की समेत कलेज प्रशासनले दिएको छ । द ब्रिटीस कलेजले हस्पिटालिटी विजनेश म्यानेजमेण्ट लेवल ३ र ४ मा अध्ययनरत विद्यार्थीहरुलाई इन्र्टनसिपको सबै जिम्मा लिन्छौं भनेर यूएईको दुबई पुर्याएर अलपत्र पारेपछि ठगी र अवैध कर्मको तथ्य बाहिरिन थालेको हो ।

इन्र्टनसिपको नाममा द ब्रिटीस कलेजले दुबईमा मजदुरी गर्न लगाएको विद्यार्थीको आरोप छ । दुबईमा पढ्दै राम्रो काम र सिक्न पाइन्छ भनेर आशा देखाएर चर्को शुल्क लिइयो । एक महिनापछि हामीलाई बस्ने व्यवस्था समेत गरिएन । क्वालिटीका काम, सिकाइ हुनेगरीपनि राखिएन । केही साथीहरु त रोडमा सुत्न बाध्य भए एक पीडित विद्यार्थीले जनबोलीलाई बताए ।

अझ उक्त विषयमा कलेजले कोर्ष नै गलत पढाएको, मनपरी शुल्क लिएको, २ बर्षे कोर्षलाई ६ महिना मात्र पढाएको विद्यार्थीहरुको आरोप छ । सुरुमा साढे २ लाख शुल्क भनेर १५ लाख हुँदै २५ लाख समेत लिन खोजेको उनीहरुको भनाई छ । द ब्रिटीस कलेजले पढाएको बीबीए कोर्ष यस कलेजले सम्बन्धन लिएको यूनिभर्सिटी अफ लण्डन विश्वविद्यालयमा नै कोर्ष नभएको विद्यार्थी नेताले खुलाए । यसैले यो कलेजले दिएको डिग्रीमा नै विश्वले नै प्रश्न उठाउन थालेको बताउँछन् विद्यार्थी नेता सुशान्त जैसी ।

विद्यार्थीहरुले कलेजका संस्थापक एवं सीईओ राजेन कँडेललाई फोन गरेर आफ्ना समस्या सुनाउँदा उनले उल्टै आफ्नो कलेजलाई केही क्षति हुन पुगेमा ज्यान नै मार्ने धम्की दिएको अडिओ समेत विद्यार्थीले सार्वजनिक गरेका छन् । यसले यो क्याम्पसमा पढ्ने पढाउनेहरुकै ज्यान नै खतरामा छ कि भन्ने भय बढाएको छ ।

 

प्रकाशित मिति : २०८२ पुष ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस