काठमाडौं । साता कारोबारको पाँचौ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । आज सूनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले बृद्धि भएको हो ।
बिहीबार नेपाली बजारमा प्रतितोला सूनको मूल्य एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भैरहेको छ । सूनको मूल्य बुधबार एक लाख ९१ हजार तीन सय रुपैयाँमा भएको थियो ।
यता, आज चाँदीको मूल्य दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । सुनचाँदीको मूल्यमा सरकारले बढाएको करको विषयमा सूनचाँदी व्यवसायीहरु आन्दोलनरत रहेका छन् ।
प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते बिहिवार

