२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

६ करोड अपचलनको आरोपमा सहकारी अध्यक्ष अशोक केसी भक्तपुरबाट पक्राउ

करिब ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन

काठमाण्डौँ ।  रुपन्देहीस्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थामा ठुलो रकम अपचलनको आरोपमा अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ।

३४ वर्षीय केसीले बचतकर्ताको करिब ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ अपचलन गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो। काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्नका लागि २०८१ साल वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो।

दोलखाको मेलुङ गाउँपालिका–६ स्थायी ठेगाना भएका केसी केही समयदेखि भक्तपुरमा लुकिछिपी बस्दै आएका थिए। प्रहरीले उनलाई विशेष निगरानीपछि पक्राउ गरेको हो।

सहकारी क्षेत्रका लगानीकर्ता र बचतकर्तालाई ठगिएको घटनाका कारण अन्य पीडितहरू पनि सम्पर्कमा आउने क्रम बढेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस