काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले महानगरको कार्यपालिका बैठक भोलि (शुक्रबार) दिउँसो २ बजेको लागि बोलाएका छन् । कार्यपालिका बैठक बस्नुअघि विहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने भएको छ । यसअघि बजेट ल्याउनका लागि उपमेयर सुनिता डंगोलले समेत सहजीकरण गर्दै आएकी छिन् ।
उनले यो बीचमा मेयर शाहसँग पनि सम्वाद बढाएको बुझिएको छ । प्रमुख प्रशासकीय अधिकृतसँग मेयर शाहको सम्बन्ध राम्रो छैन । त्यही कारण बजेट ल्याउन ढिलाई भएको हो ।
प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार

