काठमाडौं । सरकारले भारतको उत्तराखण्डमा क्लाउड ब्रस्टका कारण आएको बाढीपहिरोमा हराइरहेका २६ जनाको नाम सार्वजनिक गरेको छ ।
उत्तराखण्डका उत्तर काशी जिल्लामा २१ र पौडी गढवाल जिल्लामा ५ गरी कुल २६ जना नेपाली हराइरहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
भारतको उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा साउन २० र २१ गते एक्कासी बादल फाट्दा ठूलो बाढीपहिरो आएको थियो । उक्त बाढी पहिरोमा परेर ठूलो संख्यामा नेपालीहरू हराइरहेका छन् ।
बेपत्ताहरुको सूची:
प्रकाशित मिति : २०८२ साउन २८ गते मङ्गलवार

