२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

दार्चुलामा महालक्ष्मी विकास बैंकको पौने ३ करोड हिनामिना, पूर्वप्रबन्धकसहित ४ कर्मचारी पक्राउ

काठमाण्डौँ ।  दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरस्थित महालक्ष्मी विकास बैंक शाखाबाट २ करोड ८४ लाख ७६ हजार ९०२ रुपैयाँ हिनामिना भएको खुलासा भएको छ। केन्द्रीय कार्यालय दरबारमार्गबाट २३ साउनमा सुटुक्क अनुगमन टोली पुगेर छानबिन गर्दा रकम गैरकानुनी रुपमा भुक्तानी गरिएको पत्ता लाग्यो।


२४ साउनमा बैंकको नगद विभागकी निर्मला साउद, ग्राहक सहायता कक्षका अम्बादत्त पन्त, तत्कालीन शाखा प्रबन्धक सागर शाही र कर्जा विभागका धनन्जय पन्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले संगठित रुपमा मिलेमतो गरी रकम हिनामिना गरेको र बाँडफाँड गरेको देखिएको छ। रकम बरामद नभए पनि अनलाइन बेटिङमा प्रयोग भएको आशंका छ। हाल उनीहरूलाई बैंकिङ कसुरमा म्याद लिएर थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८२ साउन २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस