२०८२ भाद्र २८ गते शनिवार | 2025 September 13th Saturday

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १ गतेदेखि हुने

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १ गतेदेखि सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार विज्ञप्ती जारी गर्दै आगामी मंसिर १ गते देखि २७ गतेसम्म एनपीएल हुने जानकारी दिएको छ।

एनपीएलमा ८ वटा टोलीले प्रतिस्पर्धा गर्नेछन्। अघिल्लो वर्ष सम्पन्न भएको पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो।

दोस्रो संस्करणको एनपीएलका लागि खेलाडी अक्सन सम्पन्न भइसकेको छ।

प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस