२०८२ भाद्र २५ गते बुधवार | 2025 September 10th Wednesday

प्रधानमन्त्रीको राजीनामा शर्तमा प्रधानसेनापतिले गरे भीभीआईपीलाई सुरक्षित, अब परिस्थिती सम्हाल्ने तयारी

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलको सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएको खुल्न आएको छ । सरकार प्रमुख ओलीले राजीनामा नदिएपछि परिस्थिति सम्हाल्न गाह्रो परेको सेना प्रमुख सिग्देलको ब्रिफिङपछि ओली राजीनामाका लागि तयार भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीले राजीनामाअघि मुलुकको परिस्थिति नियन्त्रण गर्न सिग्देलसँग वार्ता तथा छलफल गरेका थिए । त्यस क्रममा सेना प्रमुख सिग्देलले ओलीलाई पद त्याग गर्न सल्लाह दिएको स्रोतको भनाइ छ । स्रोतका अनुसार ओलीले सत्ता नछोडिकन परिस्थिति सम्हाल्न गाह्रो भएको सेना प्रमुखको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफू र अन्य मन्त्रीहरूको सुरक्षित निकासीका लागि सेनाको सहयोग मागेका थिए । सेनाप्रमुखले राजीनामा दिए आफूहरुले सुरक्षित गर्ने बताएका थिए । त्यसपछि सबै भीभीआईपीलाई सेनाले सुरक्षित गरिसकेको छ । अब राजनीतिक सङ्कटको बीचमा सेनाले परिस्थिति सम्हाल्ने तयारी गरिरहेको बुझिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस