
काठमाडौं । नेपाल पञ्चाङ्क निर्णायक विकास समितिले विजया दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११:५३ बजे तोकेको छ। समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै साइत सार्वजनिक गरेका हुन्।
समितिका अनुसार घटस्थापनाको साइत असोज ६ गते सोमबार बिहान ९:१३ बजे, फूलपातीमा तुलजाभवानी यात्रा ७:१७ बजे र स्थिरासन ९:२३ बजे रहनेछ।
प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार