२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

आज भारतमा ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य, नेपालमा के होला ?

today gold price in nepal

काठमाडौं । सुन–चाँदीको मूल्यमा उतार–चढावको क्रम भारतमापनि जारी छ। यस वर्ष २९ जनवरीमा अहिलेसम्मकै उच्च मूल्य कायम भएपछि अचानक दुवै बहुमूल्य धातु क्र्यास भएका थिए । तर बुधबार फेरि तीव्र उछाल देखिएको छ। मल्टी कमोडिटी एक्सचेन्जमा चाँदीको मूल्य खुल्नेबित्तिकै ८२०० रुपैयाँभन्दा बढीले बढ्यो भने सुन पनि महँगो भएको छ। यद्यपि, गोल्ड–सिल्वर हाई रेटसँग तुलना गर्दा सुन चाँदी अझै सस्तो छ । चाँदी १.६० लाख भारु प्रति किलोभन्दा बढी हाइरेटबाट आज सस्तो पाइँदैछ।

चाँदीको ताजा मूल्य
बुधबार एमसीएक्समा चाँदीको ओपनिङ कारोबार हेर्ने हो भने, अघिल्लो कारोबार बन्द २,५२,५४८ रुपैयाँको तुलनामा खुल्नेबित्तिकै २,६०,८३८ रुपैयाँमा पुगेको छ। यस हिसाबले १ किलो चाँदी ८,२९० रुपैयाँ (भारु) महँगो भएको छ।

आजको सुनको मूल्य
चाँदीपछि सुनको मूल्यबारे कुरा गर्दा, बुधबार मल्टी कमोडिटी एक्सचेन्जमा अघिल्लो कारोबार मूल्यलाई तुलना गर्दा खुल्नेबित्तिकै प्रति १० ग्राम १,६३३ रुपैयाँ (भारु) बढ्यो। अघिल्लो कारोबारी दिन मंगलबार १० ग्राम २४ क्यारेट सुनको मूल्य १,५६,८०३ रुपैयाँमा बन्द भएको थियो र बुधबार खुल्नेबित्तिकै १,५८,४३६ रुपैयाँमा पुगेको छ। भारतको यो मूल्य सूची हेर्दा अब केही बेरमा सार्वजनिक हुन लागेको नेपाली बजारको सुन चाँदीको मूल्यपनि बढ्ने आँकलन गरिन्छ ।

 

प्रकाशित मिति : २०८२ माघ २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस