
काठमाडौँ । पश्चिम नेपालमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, रूकुम पूर्व र बाग्लुङको सीमानामा ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो।
स्थानीयवासीले कम्पन महसुस गरेका छन् भने अहिलेसम्म कुनै मानव क्षति वा सम्पत्ति नोक्सानीको विवरण प्राप्त भएको छैन।
यसअघि, भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो।
प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार