
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आन्दोलन हिंसात्मक र अराजक हुन नहुनेमा जोड दिएका छन् । ‘जेनजी’ पुस्ताको विरोध प्रदर्शन आमचासोको विषय बनेको उल्लेख गर्दै उनले भनेका छन्- “…पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखिबक्सेको छ, हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस् भन्ने चाहना राखिबक्सेको छ ।”
मृतकप्रति श्रद्धाञ्जली, उनीहरूका अभिभावकमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको पूर्वराजा ज्ञानेन्द्रका संवादसचिव फणिराज पाठकले जानकारी दिए।
प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार