हरेक न्यूजमा भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । केही देशहरूले मेटाका प्लेटफर्महरू (फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप) मा पूर्ण प्रतिबन्ध वा कडा नियन्त्रण लगाएका छन्। यसको मुख्य कारण सरकारको सूचना नियन्त्रण, सेन्सरशिप र राजनीतिक द्वन्द्वसँग जोडिन्छ।
चीन: २००९ देखि नै चीनमा मेटा प्लेटफर्म ब्लक छन्। ‘ग्रेट फायरवाल’ नामक इन्टरनेट सेन्सरशिप प्रणालीमार्फत विदेशी सामाजिक सञ्जाल रोकिएका छन्। चीनमा प्रयोगकर्ताले वीच्याटजस्ता घरेलु एप प्रयोग गर्छन्।
रूस: मार्च २०२२ मा रुसी अदालतले मेटालाई ‘चरमपन्थी संगठन’ घोषित गर्दै फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगायो। कारण, युक्रेन आक्रमणका बेला रुसी सैनिकमाथि हिंसा गर्न आह्वान गर्ने पोस्टलाई अस्थायी रूपमा अनुमति दिएको थियो। तर ह्वाट्सएपमा भने प्रतिबन्ध छैन।
तुर्कमेनिस्तान: सरकारको नियन्त्रणमा रहेको इन्टरनेट संरचनाले फेसबुक र इन्स्टाग्रामलगायत ठूला सामाजिक सञ्जाल ब्लक गरेको छ। आलोचनात्मक सामग्रीलाई नियन्त्रण गर्ने नीति यसका पछाडि छ।
उत्तर कोरिया: चीन र इरानझैँ यहाँ पनि विदेशी सामाजिक सञ्जाल पूर्ण रूपमा ब्लक छन्।
युगान्डा: २०२१ मा निर्वाचनअघि फेसबुक प्रतिबन्धित भयो। सरकारले सत्तारुढ पक्षका समर्थकका पोस्टलाई सेन्सर गरेको आरोप लगाएको थियो।
इरान: २००९ को चुनावी प्रदर्शनयता यहाँ फेसबुकलगायत ठूला सामाजिक सञ्जाल समय–समयमा ब्लक हुँदै आएका छन्।
महत्वपूर्ण प्रतिबन्ध लगाएका देशहरू
पूर्ण प्रतिबन्ध नभए पनि कतिपय मुलुकले मेटामा कडा नियम लगाएका छन्।
ब्राजिल: मेटाले प्रयोगकर्ताको डाटा प्रयोग गरेर एआई मोडल प्रशिक्षण गर्न नपाउने निर्णय।
नर्वे: फेसबुक–इन्स्टाग्राममा बानीअनुसारको विज्ञापन (behavioral advertising) अस्थायी रूपमा अवैध घोषणा।
युरोपियन युनियन (EU): कडा गोपनीयता र डाटा–सुरक्षा नियम लागू, उल्लंघन भए ठूलो जरिवानासहित।

