
काठमाडौँ । सुनको मूल्य बढेर प्रतितोला २ लाख १७ हजार एकसय रुपैयाँ कायम भएको छ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको हो । आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको हो । शुक्रबार सुन तोलाको २ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार चाँदीको मूल्य तोलामा चालिस रुपैयाँ बढेको छ । मूल्य बढेसँगै चाँदी प्रतितोला २ हजार ६ सय २० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ५ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार