२०८३ असार ३२ गते बिहिवार | 2026 July 16th Thursday

यी हुन् भोलि शपथ लिने पाँच मन्त्री (नामवलीसहित)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पाँच जना नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन्।

साँझ आफ्नै समूहमा भएको गहन छलफलपछि उनले पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा. संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र पूर्वराज्य पुनर्संरचना संयोजक डा. मदन परियारलाई मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेकी हुन्।

राष्ट्रपतिको कार्यालयका अनुसार सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ भोलि मात्रै हुनेछ। राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले भने, प्रधानमन्त्री कार्यालयबाट नाम राति मात्रै आएको भएकाले आज शपथ सम्भव नभएको, भोलि शपथ हुने जानकारी दिए।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस