
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरेको छ। भारतीय आयल कर्पोरेशनले हालै मूल्य बढाएर पठाए पनि निगमले नेपालमा मूल्य यथावत राखेको हो।
भारतबाट पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा तीन रुपैयाँले बढेको भए पनि उपभोक्तालाई तत्काल असर नपर्ने गरी मूल्य यथावत राखिएको निगमले जनाएको छ।
प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार