
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफूले नेतृत्व गर्ने मन्त्रिपरिषद् राजनीतिक दल होइन, गैरराजनीतिक र विशेषज्ञ व्यक्तिहरूको मात्र हुने स्पष्ट गरेकी छन्। राष्ट्रपतिबाट राजनीतिक दलका सदस्य समेट्न सुझाव आएको भए पनि उनले त्यसलाई अस्वीकार गरेकी छन्।
प्रधानमन्त्री कार्कीले भनिन् कि मन्त्री चयनमा जनजाति, दलित, महिला र पिछडिएका वर्गका योग्य व्यक्तिलाई प्राथमिकता दिइनेछ। मन्त्रिपरिषद् १०–११ सदस्यीय हुने र हालसम्म पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्व–विद्युत प्राधिकरण प्रमुख कूलमान घिसिङ र कानुन व्यवसायी ओमप्रकाश अर्याल मन्त्री भइसकेका छन्।
उहाँले आगामी फागुन २१ भित्र चुनाव सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै उच्चस्तरीय न्यायिक आयोगमार्फत जेनजी आन्दोलनको दमन र क्षतिको छानबिन गरिने जानकारी दिइन्। साथै भ्रष्टाचारविरुद्ध छानबिन र कारबाही अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरिन्।