काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको छानबिनका लागि तीन सदस्यीय उच्चस्तरीय न्यायिक आयोग गठन हुने बताएकी छन्।
बीबीसी नेपालीसँगको अन्तर्वार्तामा उनले आयोगलाई प्रारम्भिक रूपमा एक महिनाको समय दिइने र आवश्यकता परे थप १५ दिन बढाइने जानकारी दिइन्।
उनका अनुसार आयोगले आन्दोलनमा भएको क्षति र ज्यादतीको तथ्यगत अनुसन्धान गर्नेछ। यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार

