२०८२ माघ २९ गते बुधवार | 2026 February 11th Wednesday

आज सार्वजनिक बिदा

काठमाडौं । सरकारले आज (बुधबार) राष्ट्रिय शोक दिवसको घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकलाई सम्मान गर्न शोक दिवस मनाइने भएको हो।

मन्त्रिपरिषद् बैठकले मृतकलाई सहिद घोषणा गर्दै आज देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस