२०८२ माघ २९ गते बुधवार | 2026 February 11th Wednesday

सामान्य छैन जेनजी कुटाइमा परेका देउवाको अवस्था, उपचारमा संलग्न चिकित्सक के भन्छन्?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएको कांग्रेसले जनाएको छ।

पार्टी प्रवक्ता मीन बहादुर विश्वकर्माका अनुसार देउवाको गर्दनभन्दा माथि गम्भीर चोट लागेर १२ वटा टाँका लगाइएको छ। अहिले सामान्य बोलचाल र हिँडडुल गर्नसक्ने अवस्थामा रहे पनि उठ्दा चक्कर लाग्ने र धेरैबेर बोल्दा असहज हुने भएकाले चिकित्सकले केही दिन अझै अस्पतालमै राख्ने बताएका छन्।

गत २४ भदौमा बुढानीलकण्ठस्थित निवासमै भएको आक्रमणमा देउवा गम्भीर घाइते भएका थिए। सेनाले उनलाई स्थलमार्गमार्फत उद्धार गरी अस्पताल पुर्याएको थियो।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस