२०८२ भाद्र २८ गते शनिवार | 2025 September 13th Saturday

भाटभटेनी लुटपाटमा संलग्न शिक्षकको जागिर चैट

काठमाडौं । बुटवलस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्दै कालिका मानव ज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवसंकर शुक्लालाई पदबाट निष्कासन गरिएको छ। शुक्लाले तीन वर्षदेखि कम्प्युटर विषय पढाउँदै आएका थिए।

विद्यालयले तस्बिर र भिडियो सार्वजनिक भएपछि स्पष्टीकरण मागेको थियो, तर उनले जवाफ दिन सकेनन्। प्रधानाध्यापकका अनुसार प्रमाण नदिएको कारणले उनलाई कारबाही गरिएको हो। जेनजी समूहको हिंसात्मक प्रदर्शनमा सुपरमार्केट ध्वस्त भएको थियो र मर्मतको काम जारी छ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस