२०८३ बैशाख ४ गते शुक्रवार | 2026 April 17th Friday

बीमा प्राधिकरणको अध्यक्ष बन्ने दौडमा १४ जना, को-को छन्? (नामसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जनाले आवेदन दिएका छन्।

नेपाल सरकार, अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले दिएको सूचना अनुसार सात दिनको म्यादभित्र आवेदन दिनेहरूको सूची सार्वजनिक गरिएको हो।

अध्यक्ष पदका लागि आवेदन दिनेहरूमा विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डा. दामोदर बसौला, चिन्तामणि सिवाकोटी, घनश्याम बुढाथोकी, विक्रान्त पाण्डे, पारस काफ्ले, ज्ञानेन्द्र अधिकारी, देव कुमार ढकाल, प्रा.डा. दीपक बहादुर भण्डारी, डा. राजेन्द्र पण्डित, यज्ञ प्रसाद न्यौपाने, रमेश कुमार भट्टराई र महेश्वर न्यौपाने रहेका छन्।

सिफारिस समितिले मिति २०८२ भदौ १३ मा अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको थियो।

viber_image_2025-09-06_15-28-24-613

प्रकाशित मिति : २०८२ भाद्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस